समाज

चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा, प्रणाली पश्चिम सर्दै

देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। यो मौसमी प्रणाली क्रमशः पश्चिमतिर सर्दै गइरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

दिउँसो २ः४० बजेको विवरणअनुसार हाल कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

माैसम विभाग वर्षा भइरहेका क्षेत्रहरूमा तत्काल थप वर्षाको सम्भावना रहेको जनाइएको छ। यो मौसमी प्रणाली पश्चिमतर्फ सक्रिय हुँदै अघि बढेकाले सो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन भनिएको छ।

प्रकाशित: २५ भाद्र २०८३ १४:५४ बिहीबार