हाल देशका विभिन्न ठाउँमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेशको बाग्लुङ, कास्की, तनहुँ, लम्जुङ, गोर्खा, म्याग्दी, पाल्पा आसपासका क्षेत्रमा पानी परिरहेको छ।
यस्तै बागमती प्रदेशको रसुवा, धादिङ, चितवन, काठमाडौं आसपासका क्षेत्र तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का पानी परिरहेको छ।
यी क्षेत्रमा पानी पारिरहेको प्रणाली पूर्वतिर सरिरहेकोले अब पानी पर्ने क्रम पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ।
प्रकाशित: १७ चैत्र २०८२ १८:०८ मंगलबार