समाज

सातै प्रदेशमा वर्षा

अहिले सातै प्रदेशमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागले कोशी र बाग्मती प्रदेशका केही तथा मधेश, गण्डकी र कर्णाली प्रदेशको थोरै अनि बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको जनाएको हो। 

यी क्षेत्रहरूमा थप मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।  

प्रकाशित: १८ वैशाख २०८३ १८:०९ शुक्रबार