समाज

केही समयपछि कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी पर्ने

देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले डोटी, अछाम, कालीकोट, दैलेख, सुर्खेत, बर्दिया, बाँके, दाङ, सल्यान लगायतका जिल्लामा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। यो पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेकले केही समयपछि कर्णाली र लुम्बिनी प्रदेशका पूर्वी जिल्लातिर पानी पर्ने देखिएको विभागले जनाएको छ।  

यसअघि सोमबार बिहान डडेलधुरा, डोटी, अछाम, कैलाली, बार्दिया र बाँकेमा पानी परेको थियो। आज देशभरका विभिन्न शहरमा पानी पर्ने विभागले उल्लेख गरेको छ। 

प्रकाशित: २१ वैशाख २०८३ १३:०७ सोमबार