समाज

केहीबेरमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने

अहिले कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा हावाहुरी र चट्याङसहित मध्यमसम्मको पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने सम्भावना रहेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

प्रकाशित: २१ वैशाख २०८३ १४:४५ सोमबार