समाज

पश्चिम नेपालमा वर्षा, पानी पार्ने प्रर्णाली पूर्व सर्दै : मौसमविद्

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा साधारणतया बादल लागेको छ। 

बैतडी, डडेलधुरा, बझाङ, डोटी, अछाम, कालीकोट आसपासका जिल्लाका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार पानी पार्ने प्रणाली पूर्व तर्फ सर्ने क्रममा रहेकोले दैलेख, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, डोल्पा आसपासका ठाउँहरूमा पनि केही समयमा मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने देखिएको छ। 

बाँकी पहाडी र हिमाली भूभागमा समेत बादल बढ्दै गइरहेकाले मौसमको सूचना लिन विभागले आग्रह गरेको छ।  

प्रकाशित: २८ वैशाख २०८३ १७:१२ सोमबार