समाज

दुर्घटना बढेपछि धोबीखोला किनारमा रेलिङ मर्मत गरिँदै

काठमाडौंको रुद्रमती पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ को मर्मत सुरु गरिएको छ। 

शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोबीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको छ। 

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको थियो।

प्रकाशित: २९ मंसिर २०८२ १३:५५ सोमबार