जेन–जी समर्थकको प्रदर्शनका क्रममा नेपालगन्जमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको सालिक भत्काइएको छ ।
युवाहरूले स्थानीय पुष्पलाल चोकमा रहेको उक्त सालिक तोडफोड गरेर भत्काएका हुन् । त्यस क्रममा युवाहरूले पुष्पलाल चोक छेउमा रहेको प्रहरीको बिटमा पनि आगजनी गरेका छन् ।
नेपालगन्जमा बिहानदेखि सुरु भएको प्रदर्शन नियन्त्रण बाहिर जान थालेको प्रहरी स्रोतले जनाएको छ । युवाहरू ठाउँ ठाउँमा परिचालित भएर आगजनी तथा तोडफोड गरिरहेका छन् । प्रदर्शनलाई मध्यनजर गर्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित: २४ भाद्र २०८२ १४:४० मंगलबार