समाज

प्रदेश प्रमुखसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेश

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोकसेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ।

आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही र प्रगति समेटिएको छैटाैं वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेश गरेका हुन्।

प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानूनबमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकामा आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए। ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम निर्दिष्ट समयसीमाभित्र नै आयोगले प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन तयार गरी पेश गरेको हो। 

प्रकाशित: २५ भाद्र २०८३ १३:३७ बिहीबार