समाज

भदौ २३ गते सार्वजनिक बिदा, जेन-जी शहीद दिवस मनाइने

सरकारले जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्मान र स्मरणमा आगामी भदौ २३ गतेलाई जेन-जी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले युवाहरूको योगदान र बलिदानको कदर गर्दै हरेक वर्ष भदौ २३ गतेलाई राष्ट्रिय रूपमै दिवस मनाउने र बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले देशका विभिन्न स्थानमा भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको योगदानलाई चिरस्थायी बनाउन यो कदम चालिएको जानकारी दिए।

प्रकाशित: १८ भाद्र २०८३ १६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App