सुन्दरबजार नगरपालिकाले हरिबोधनी एकादशीका अवसरमा मंसिर ४ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर प्रमुख कृष्ण प्रसाद कोइरालाले मंसिर २ गते जारी गरेको सूचनाअनुसार उक्त दिन नगरपालिका कार्यालय, वडा कार्यालयहरू तथा सामुदायिक र संस्थागत विद्यालयहरू बन्द रहनेछन्।
त्यस्तै, मातहतका संघसंस्था र स्वास्थ्य संस्थाहरूमा पनि सार्वजनिक बिदा दिइएको छ।
सूचनामा स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा भने सुचारु रहने उल्लेख छ। विगत वर्षदेखि नै हरिबोधनी एकादशीका दिन बिदा दिने परम्परालाई निरन्तरता दिँदै नगरपालिकाले यो निर्णय गरेको हो।
प्रकाशित: २ मंसिर २०८३ १५:११ बुधबार



