समाज

कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले बिहीबार (आज) सार्वजनिक बिदा दिएको छ। साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सरकारले बिदा दिएको हो।

प्रदेशभर हरेक वर्ष साउन १ गते देउडा पर्व मनाउने प्रचलन छ। २०८१ चैत १७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो।

अघिल्ला वर्षामा पनि कर्णालीमा साउन १ गते सार्वजनिक बिदा दिने गरिएको थियो। 

प्रकाशित: १ श्रावण २०८२ १०:२० बिहीबार

#NagarikNews #KarnaliProvince