एक वर्षमा २ करोड बढीको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । आर्थिक वर्ष ०८१-०८२ मा विभिन्न नाकाहरुबाट रु २ करोड १२ लाख ६ हजार बराबरको अबैध सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।
पशुचौपाया, लत्ताकपडा तथा किराना सामग्री बरामद गरि कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक मान बहादुर शाहीले बताए ।
‘बेचबिखन गर्ने उदेश्यले भारततर्फ लैजाँदै गरेको अवस्थामा ७ जना महिलालाई उद्दार गरि ५ जना पुरुषलाई नियन्त्रण लिएको छौं,’सशस्त्र प्रहरी उपरीक्षक शाहीले भने, ‘त्यसैगरि ५१ ग्राम २ सय ६५ मिलिग्राम लागू औषध ब्राउन सुगरसहित ५० जना, २८ केजी ९ सय ३० ग्राम चरेशसहित ४ र १ ग्राम ५ सय मिलिग्राम गाँजा सहित एक जनालाई नियन्त्रणमा लिई कारवाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएका छौं ।’
यसैगरि आर्थिक वर्ष ०८०-०८१ मा मुल्य रु १ करोड ५२ लाख ८ हजार ५ सय ६३ बराबरको अबैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणको तथ्यांकले देखाएको छ ।
प्रकाशित: ११ श्रावण २०८२ १९:०८ आइतबार