इजरायलको वैदेशिक रोजगारीमा जानको लागि लिएको भाषा परीक्षामा अति न्यून सङ्ख्यामा उत्तिर्ण भएपछि त्रिपुरेश्वरमा विरोध भएको छ।
भाषा परीक्षामा अनुत्तिर्ण भएका परीक्षार्थीहरुले परीक्षा केन्द्र हाता बाहिर विरोध प्रदर्शन गरेका हुन्।
असामान्य नतिजा आएको भन्दै त्रिपुरेश्वरस्थित क्याम्व्रिज परीक्षा केन्द्रका आपत्ति जनाउन गएका परीक्षार्थी र कर्मचारीबिच हातपात भएपछि स्थिति तनावपूर्ण बनेको छ।
परीक्षार्थीहरुको भीड बढेपछि प्रहरीले माइकिङ गरेर स्थिति नियन्त्रण गरिरहेको छ। उनीहरूले पुनः परीक्षा लिई निष्पक्ष परिणाम निकाल्न माग गरेका छन्।
प्रदर्शनकारीहरूको अनुसार ८ सय ४० जना परीक्षामा सहभागी भएकोमा ३८ जना मात्र उत्तिर्ण भएका थिए। परीक्षा जाँचमा एआई प्रयोग भएको भन्ने सुन्नमा आएपछि विद्यार्थी आक्रोशित भएका हुन्।
प्रकाशित: २६ जेष्ठ २०८३ १४:०८ मंगलबार



