समाज

मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम अगाडि प्रदर्शन

पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोध हुन थालेको छ । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम अगाडि प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरोधमा बबरमहलस्थित आयल नियममा धर्ना दिन गएका उनीहरुलाई प्रहरीले हटाएपछि निगम नजिकै प्रदर्शन गरेका हुन् ।

राष्ट्रिय जेनजी नागरिक अभियानले निगममा धर्ना दिनुका साथै ध्यानाकर्षणसहितको ज्ञापन पत्र बुझाउन खोजेका थिए । तर प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो । प्रहरीको दमन भन्दै उनीहरूले नाराबाजी पनि गरेका छन् ।  

पेट्रोलियम पदार्थको बढेको मूल्यले सबै क्षेत्रको मूल्यवृद्धि भएको भन्दै जेनजी नागरिक अभियानले सरकारको खबरदारी गरेको छ । 

प्रकाशित: ७ वैशाख २०८३ १६:५१ सोमबार