समाज

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दियाको राजापुरमा एक व्यक्तिको ज्यान लिएको समस्याग्रस्त चितुवालाई वन प्राविधिकको टोलीले सोमबार बिहान नियन्त्रणमा लिएको छ।

राजापुर नगरपालिका-३ स्थित सामुदायिक वन क्षेत्रबाट उक्त वयस्क भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले जानकारी दिए।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली संयुक्त रूपमा परिचालन भएको थियो।

गत बिहीबार राजापुर नगरपालिका-३ चख्खापुरका ४२ वर्षीय मङ्गल थारुको चितुवाको आक्रमणबाट ज्यान गएको थियो।

घटनापछि त्रसित बनेका स्थानीय बासिन्दा चितुवा नियन्त्रणमा आएसँगै ढुक्क भएका छन्।

प्रकाशित: २६ आश्विन २०८३ १५:३० सोमबार