समाज

धादिङमा सुख्खा पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

फाइल तस्बिर

धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।

सोमबार बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो। पहिरोका कारण सडकमा सवारी आवागमन प्रभावित भएको थियो।

सम्बन्धित निकाय तथा सुरक्षाकर्मीको समन्वयमा पहिरो हटाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको हो। पहिरो हटाइएपछि राजमार्गमा रोकिएका तथा आवतजावत गर्ने सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन्।

प्रकाशित: १ भाद्र २०८३ १०:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App