चितवनको इच्छाकामना–३ फिस्लिङमा खसेको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग शनिबार अपराह्नदेखि पुनः सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालयका अनुसार बिहान खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो।
प्रहरी, सडक विभाग र स्थानीयको सहयोगमा पहिरो हटाएपछि सडक सञ्चालनमा ल्याइएको हो। सडक सुचारु भएपछि बाटोमा रोकिएका सवारीसाधनहरू आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्। प्रहरीले यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।
प्रकाशित: १८ आश्विन २०८२ १६:४१ शनिबार