समाज

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्वीर

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ। आज बिहान करिब १०:०० बजे पहिरो खसेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन्।

प्रकाशित: २२ कार्तिक २०८३ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App