समाज

मुग्लिन–नारायणघाट क्षेत्रका बस्ती र बजार खाली गर्न प्रहरीको आग्रह

रसुवाको भोटेकोशी नदीमा आएको बाढी धादिङको मलेखु कटिसकेको छ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नारायणघाट क्षेत्र आसपास त्रिशूली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले सूचना जारी गर्दै बाढीको बहाव आगामी केही घण्टामा मुग्लिनतर्फ जाने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुग्लिन–नारायणघाट राजमार्ग तथा त्रिशूली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनेको छ।

सूचनामा भनिएको छ,’रसुवा भोटेकोसीमा आएको बाढी हाल धादिङ–गल्छी आसपास पुगेको अबको केहि घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।’

प्रकाशित: १० भाद्र २०८३ १२:४७ बुधबार