समाज

तस्करी गरी ल्याइएका कुखुरा र मोटरसाइकल प्रहरीको नियन्त्रणमा

चोरी तस्करी गरेर ल्याउँदै गरेको बोइलर कुखुरा सशस्त्र प्रहरीले मोरङको रंगेलीबाट बरामद गरेको छ।  

रंगेली नगरपालिका–५ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलले अवैध रूपमा नेपाल ल्याउँदै गरेको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, हेडक्वार्टर सोराभागको गस्ती टोलीले भारतबाट बिआर ३८ एपी १५७१ नम्बरको मोटरसाइकल नेपालतर्फ ल्याइँदै गरेको कुखुरा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालक कुखुरा र मोटरसाइकल छाडेर फरार भएको जनाइएको छ।  

बरामद मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार र करिब १८० किलोग्राम (७० वटा) ब्रोइलर कुखुराको मूल्य ५४ हजार गरी कुल २ लाख ४ हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद कुखुरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरेर मोटरसाइकल थप कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ असार २०८३ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App