समाज

ललितपुरमा प्रहरी चौकी फर्किए, दाङमा बिट व्यवस्थापन

जेन-जी आन्दोलनका क्रममा ढालिदिएको दाङको घोराही उपमहानगरपालिका-१५ स्थित दामोदर चोकको प्रहरी बिट बिहीबार बिहान व्यवस्थापन गर्दै नेपाल प्रहरी । तस्बिर : कुलदीप न्यौपाने/ रासस

‘जेन-जी पुस्ता’को आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी एकाइ फेरि आफ्नै स्थानमा फर्किन थालेका छन्। बुधबारदेखि ती कार्यालयहरू सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ।

पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका रहेका छन्।

यसैबिच, जेन-जी आन्दोलनका क्रममा ढालिदिएको दाङको घोराही उपमहानगरपालिका–१५ स्थित दामोदर चोकको प्रहरी बिट बिहीबार बिहान नेपाल प्रहरीले व्यवस्थापन गरेको छ।

जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ। विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरिएको छ।

प्रकाशित: २६ भाद्र २०८२ ११:२३ बिहीबार