समाज

धनुषामा प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

धनुषामा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

बुधबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले  मिथिला नगरपालिका-२ बाट दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ ढल्केवरका पप्पु साह र बारा परवानीपुर गाउँपालिका वडा ३ का सेलो देवी राम रहेका छन्।

प्रहरीले पप्पु साहको साथबाट १०० ग्राम खैरो हेरोइन र सेलो देवी रामको साथबाट अन्दाजी १०८ ग्राम  खैरो हेरोइन बरामद गरेको छ। 

प्रकाशित: २८ श्रावण २०८२ १७:१४ बुधबार