समाज

प्यूठानमा तीर्थयात्री सवार जिप दुर्घटना, उद्धार हुँदै

प्यूठानमा तीर्थयात्री सवार जिप दुर्घटना भएको छ। 

अहिले उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार जिपमा सवार १६-१७ जना रहेकामा तीन जनाको अवस्था गम्भीर छ। 

अहिले घाइतेलाई अस्पताल लैजाने काम भइरहेकाले थप विवरण आउँन बाँकी छ।  

प्रकाशित: १० वैशाख २०८३ १४:४५ बिहीबार