कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।
वाणगंगा नगरपालिका –०३ तिनकुनेमा लु १ ब ३४१६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया थारूको मृत्यु भएको हो।
ठक्करबाट घाइते भएकी थारूको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक वाणगंगा नगरपालिका –०१ बस्ने ४५ वर्षीय शिवलाल घिमिरेले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०८३ १३:०५ बुधबार