मोरङको सुनवर्षी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आइतबार राति भएको सवारी दुर्घटनामा परी स्थानीय ५० वर्षीय देवीलाल शर्माको ज्यान गएको हो।
सुनवर्षी नगरपालिका-९ स्थित डाईनिया चोकमा प्र.१–०२–०५७ प ८४८७ नम्बरको मोटरसाइकलले पैदलयात्री शर्मालाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई तत्काल उपचारका लागि कटहरीस्थित जीवन विकास सामुदायिक अस्पताल पुर्याइएको थियो।
प्रहरीका अनुसार अस्पतालमा उपचारकै क्रममा शर्माको मृत्यु भएको हो। सोही दुर्घटनामा परी मोटरसाइकल चालक समेत घाइते भएका छन्।
घाइते चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतक शर्मा सुनवर्षी नगरपालिका-९ चन्दनखाडीका स्थायी बासिन्दा हुन्। प्रहरीले घटनाको प्रकृति र दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।
प्रकाशित: ११ जेष्ठ २०८३ १५:२८ सोमबार