समाज

पूर्वमन्त्री आलमको निधनमा परोहा नगरपालिकाद्वारा शोक विदा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनमा रौतहटको परोहा नगरपालिकाले शोक विदा दिएको छ। 

रौतहट क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेका सांसद समेत रहेका पूर्वमन्त्री आलमको शनिबार काठमाडौंस्थित केएमसी अस्पतालमा निधन भएको थियो।

आज परोहामा अस्पतालको आकस्मिक सेवाबाहेक सबै कार्यालय तथा शैक्षिक संस्था बन्द छन्। 

प्रकाशित: २३ कार्तिक २०८२ ११:४३ आइतबार