समाज

निवर्तमान आइजिपी खापुङलाई ‘स्थानहद’, विदेश भ्रमणमा पनि रोक

भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक(आइजिपी) चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ। आयोगकका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा बिहीबार बसेको बैठकले निवर्तमान आइजिपी खापुङलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै अनुमतिबेगर काठमाडौं उपत्यका नछाड्न ‘स्थानहद’ पनि लगाएको हो।  

‘आजदेखि सेवाबाट निवृत्त हुनु भएका नेपाल प्रहरीका महानिरीक्षक श्री चन्द्रकुबेर खापुङलाई भाद्र २३ र २४ गतेका घटनाहरूको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागुहुने गरी निजको विदेश भ्रमणमा रोक लगाउने तथा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने,’ आयोगका सदस्य एवं प्रवक्ता पूर्व एआइजी विज्ञानराज शर्माले जारी गरेको वक्तव्यमा उल्लेख छ।  

May be an image of text

 

प्रकाशित: २७ कार्तिक २०८२ १२:४९ बिहीबार