समाज

प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छोड्न आदेश

विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट र सदस्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले ५ लाख धरौटीमा छोड्न आदेश दिएको हो।

त्यस्तै निर्देशक मुरारी भण्डारीलाई एक लाख धरौटी माग गरिएको छ। 

यो पनि पढ्नुहोस्

प्रदीपले गरे धरौटी बुझाउन अस्वीकार, थुनामै रहेन

प्रकाशित: २३ मंसिर २०८२ १९:२९ मंगलबार