काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई २५ हजार धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
त्यस्तै महानगरका कर्मचारीहरु बसन्त आचार्य र नमराज ढकाललाई ५०/५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो।
प्रकाशित: २५ असार २०८२ १८:५९ बुधबार