जिल्लाको काठमाडौं-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर गतरातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।
गएराति ठूलो ढुङ्गा र रुखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छ्याएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
यसैगरी हेटौँडाबाट कुलेखानी हुँदै सिस्नेरी भएर काठमाडौं जाने मार्गको इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरेमा आज बिहान ९ः३० बजे ढुङ्गासहित सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
पहिरो पन्छ्याउने पहल भइरहे पनि लगातार पहिरो खसिरहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ३१ श्रावण २०८२ २०:१० शनिबार