'उज्यालो नेपाल' अभियान लिएर ओमन पुगेका कुलमान घिसिङले त्यहाँस्थित नेपाली राजदूत डोरनाथ अर्यालसँग शिष्टाचार भेट गरेका छन्।
घिसिङले राजदूत अर्यालसँग बिहीबार (आज) दूतवासमै भेट गरेका हुन्। घिसिङलाई राजदूत अर्यालले दिवा भोजका लागि निम्ता दिएका थिए।
ओमनस्थित नेपाली समुदायले घिसिङलाई आजै साँझ नागरिक अभिनन्दन गर्दैछ। यसपछि उनी शुक्रबार (भोलि) कतारका लागि हिँड्नेछन्।
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङ यसअघि बहराइन र दुबई पुगिसकेका छन्। त्यहाँ पनि उनलाई अभिनन्दन गरिएको थियो।
२०८१ चैत ११ गते सरकारले कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि राजनीतिमा सक्रिय हुने छनक दिइरहेका घिसिङ अहिले डायस्पोरा केन्द्रित छन्।
यो पनि पढ्नुहोस्
यूएई पुगेर कुलमानले भने- जुन बेला म जनताका लागि काम गर्छु, सरकारले मलाई बर्खास्त गर्छप्रकाशित: २६ असार २०८२ १९:२८ बिहीबार