समाज

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवित उद्धार, अन्यको खोजी जारी

तस्बिर स्रोत : सांसद श्रीराम न्यौपानेको फेसबुक वालबाट

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।

न्यौपानेका अनुसार सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको हो। सुरुङभित्र अन्य व्यक्तिहरू पनि रहेको जानकारी प्राप्त भएको उनले बताए।

सुरुङभित्र रहेका अन्य व्यक्तिहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी तथा प्राविधिक टोली परिचालित छन्।

सुरुङभित्रबाट जीवित व्यक्तिको उद्धार हुन थालेपछि बाँकी व्यक्तिहरूको पनि सकुशल उद्धार हुने आशा बढेको छ।

प्रकाशित: १९ भाद्र २०८३ ०९:०८ शुक्रबार