समाज

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवनकाे भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार नाराणगढबाट रामनगरतर्फ गइरहेको मोटरसाइकल विपरीत दिशाबाट आएका ट्रक र कार एकापसमा आज बिहान ठोक्किँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१३ का २१ वर्षीय सन्देश विष्टको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विष्टको चितवन मेडिकल कलेजमा केहीबेरअघि मृत्यु भएको हो।

मोटरसाइकलमा सवार तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको सोही अस्पतालमा उपचार जारी छ । दुर्घटनामा संलग्न सवारी चालक र सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: ७ भाद्र २०८३ ०९:०० आइतबार