समाज

प्रहरी हिरासतबाट एक जना फरार

जिल्ला प्रहरी कार्यालय कालीकोटको हिरासतबाट एक जना फरार भएका छन् । 

लागुऔषध दुर्व्यसनको अनुसन्धानका लागि हिरासतमा राखिएका एक जना युवा सोमबार दिउँसो ३ः३० बजे फरार भएको बताइएको छ।  

अनुसन्धानको क्रममा रहेका बन्दी फरारबारे प्रहरीले भने पूर्ण जानकारी सार्वजनिक गरेको छैन । फरारको खोजिकार्य जारी रहेको छ।

प्रकाशित: २० श्रावण २०८२ १३:२० मंगलबार