कञ्नपुरको कृष्णपुर नगरपालिकामा शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परी कृष्णपुर नगरपालिका–१, बण्डका ४२ वर्षीय बलबहादुर बोहराको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्याल कञ्चनपुरका अनुसार कृष्णपुर नगरपालिका–२, वाणीस्थित पूर्व–पश्चिम राजमार्गमा ना ७ ख ६१८२ नम्बरको बस दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका बोहरालाई तत्कालै उद्धार गरी उपचारका लागि वाणी अस्पताल लगिएको थियो।
उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रकाशित: १५ कार्तिक २०८२ १७:३९ शनिबार



