समाज

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

अछामको मंगलसेन नगरपालिका ५ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

शनिबार बिहान करिब ११ः३० बजे मंगलसेन नगरपालिका ३ लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको हो। 

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका ३ लाछीमाना निवासी अन्दाजी ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए। घाइते बोगटीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा उपचारका क्रममा दिउँसो १ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ३० श्रावण २०८३ १४:३७ शनिबार