समाज

दुर्घटनामा घाइते खत्रीको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडाैंमा आज बिहान निधन भएको हो।

पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित बन्केवाचोकमा जिपको ठक्करबाट घाइते खत्रीको उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको हो।

बेलचौताराबाट दुलेगौडा आउँदै गरेको ग ९ प ३९९२ नम्बरको मोटरसाइकलमा सवार खत्रीलाई विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ३१९ नम्बरको जिपले ठक्कर दिएको थियो। घाइते खत्रीलाई जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। 

प्रकाशित: ८ भाद्र २०८२ १२:२८ आइतबार