समाज

महाकालीमा डुबेर एक जनाको मृत्यु

फाइल तस्बिर

कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका–१० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो।

‘घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,’ उनले भने, ‘सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइनेछ।’ रासस

प्रकाशित: १६ जेष्ठ २०८३ १८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App