समाज

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे जितदमारमा आज एक जनाको मृत्यु भएको छ।

विद्युत्को तारबाट हुक गरी ट्याँउट्याउँ खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय २४ वर्षीय विजय थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

करेन्ट लागेर सिकिस्त भएका थिङलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रनाउ अर्यालले बताए।

प्रकाशित: १९ भाद्र २०८२ २२:०० बिहीबार