समाज

कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

कालीकोटमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

रास्कोट नगरपालिका–८ बाँखरकोटका ५० वर्षीया मन बरालको करेन्ट लागेर मृत्यु भएको हो।

डिलचाखा वनमा बाख्रा चराउन गएका बेला बराललाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हिमबहादुर खत्रीले जानकारी दिए।

करेन्ट लागेको जानकारी आएपछि आफूले विद्युत् कार्यालयमा फोन गरेर विद्युत् बन्द गरिदिन अनुरोध गरेको स्थानीय कमलप्रसाद बरालले बताए। रासस

प्रकाशित: २ चैत्र २०८२ १७:०८ सोमबार