समाज

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभाको चैनपुर नगरपालिका-७ मा रुखबाट लडेर बुधबार एक जनाको मृत्यु भएको छ।  

चैनपुर-७ फलाटेमा घाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले जानकारी दिए।

बुधबार दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो।

प्रकाशित: २७ फाल्गुन २०८२ १८:३६ बुधबार