समाज

त्रिशूली–३ ‘ए’ सुरुङबाट थप एक जनाको पनि जीवित उद्धार

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ।

सांसद श्रीराम न्यौपानेका अनुसार कविर महर्जनको जीवितै उद्धार गरिएको हो। यसअघि, सुरुङभित्रबाट सञ्जय साहको जीवित उद्धार गरिएको थियो। सुरुङभित्र अन्य व्यक्तिहरू पनि रहेको जानकारी प्राप्त भएको छ।

आयोजनामा सञ्जय शाह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।

यो पनि पढ्नुहोस्

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवित उद्धार, अन्यको खोजी जारी

प्रकाशित: १९ भाद्र २०८३ ०९:२७ शुक्रबार