समाज

मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीमा एकको मृत्यु, दुई घाइते

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सर्लाहीको कविलासी नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकलमा सबार दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको कबिलासी नगरपालिका १० पिडार चौकस्थित नवलपुर मलंगवा सडक खण्डमा कबिलासीबाट मलंगवातर्फ जाँदै गरेको प्र २ – ०३– ०१४ प १२१४ नम्बरको मोटरसाइकलले एक जना पैदल यात्रीलाई ठक्कर दिएको थियो । पैदल यात्री करिब ५० वर्ष भएको र निजको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका नाम, थर र वतन नखुलेका पैदल यात्रीलाई प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

दुर्घटनामा मोटरसाइकलका चालक कबिलासी ८ का २२ वर्षीय रुपेश राय र पछाडि बसेकी निजकी श्रीमती २० वर्षीया पिंकी देवी राय घाइते भएका छन् । घाइते दुवै जनाको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित: ३२ असार २०८२ १३:४४ बुधबार

#NagarikNews #NepaliNews