कैलालीकाे बर्दगोरिया गाउँपालिका-३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा ४२ वर्षीय पदम विश्वकर्माको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार बर्दगोरिया-३ का विश्वकर्माको गए राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा मृत्यु भएको जानकारी दिए ।
उनले विश्वकर्मासँगै जङ्गल गएका एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र घटनास्थलको अनुसन्धान जारी रहेको बताए। प्रहरी निरीक्षक विष्टले भने 'बन्दुक कसले र किन चलाएको अथवा विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने एकीन हुन नसकेको छैन।' रासस
प्रकाशित: ३ भाद्र २०८३ ०८:३८ बुधबार