समाज

रोल्पामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

आइतबार बिहानदेखि परेको अविरल वर्षातका कारण रोल्पामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । 

बिहान जिल्लाको थवाङ गाउँपालिका -४ थापा खर्कमा ढुङ्गा र माटोले बनेको घर माथिबाट खसेको ठुलो पहिरोले बगाउँदा भान्सामा बसिररहेका ७२ वर्षीय गोठे घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घर्तिमगरलाई पहिरोले बगाएर करिब १५ मिटर टाढा लगेको थियो । प्रहरी, जनप्रतिनिधि, स्थानीयको सहयोगमा शव निकालिएको थियो । प्रहरी प्रवक्ता रोहित कुमार शाहीका अनुसार मृतकको श्रीमती र छोरी अर्को गोठमा रहेकाले सुरक्षित रहेको तर घरको भान्सा पूर्ण रुपमा क्षति भएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा मा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित: ४ श्रावण २०८२ १५:११ आइतबार

#NagarikNews