समाज

मोटरसाइकल दुर्घटनामा सर्लाहीमा एकको मृत्यु, अर्का गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा सर्लाहीमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । 

सर्लाहीको ईश्वरपुर नगरपालिका- १४ हरकठवाबाट श्रीनगर जाँदै गरेको ग ७ प ९४८ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकलमा सबार स्थानीय १९ वर्षका विष्णु कुमार महतो र प्रशान्त महतो गम्भीर घाइते भएका थिए ।

गम्भीर अवस्थामा दुवै जनालाई लालबन्दी मोडेल अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि वीरगंज पठाइको थियो । उपचारका लागि लैजाने क्रममा विष्णुकुमार महतोको बिहीबार बिहान मृत्यु भएको हो । महतोको शवलाई प्रादेशिक अस्पताल मलंगवामा पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीको भनाइ छ ।

अर्का गम्भीर घाइते प्रशान्त महतोको वीरगंजमा उपचार भइरहेको छ । 

दुर्घटनामा परेको मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाबारे अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित: २६ असार २०८२ १९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App