रूपन्देहीको तिलोत्तमा नगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
बिहीबार दिउँसो तिलोत्तमा नगरपालिका-२ तपाहा लाइनस्थित सडकमा लु ६१ प ५८७८ र लु ६८ प ५२३६ नम्बरका मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
दुर्घटनामा लु ६८ प ५२३६ नम्बरको मोटरसाइकलका चालक सैनामैना नगरपालिका–१ सादभोद्र बस्ने २८ वर्षीय जीवन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको बुटवलस्थित चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अर्को मोटरसाइकल (लु ६१ प ५८७८) मा सवार दुई जना र मृतक चौधरीले चलाएको मोटरसाइकलमा पछाडि सवार एक जना गरी तीन जना घाइते भएका छन्।
घाइते तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।
प्रकाशित: २४ पुस २०८२ १७:०६ बिहीबार