समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो।

गम्भीर घाइते भएका निजको नगर अस्पताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको हो। रासस

प्रकाशित: १४ माघ २०८२ १०:३७ बुधबार