कालीकोटको खाँडाचक्र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव पदम बहादुर बुढा क्षेत्री हाजिर भएका छन्। बुढा शुक्रबार हाजिर भएसँगै कार्यालयका कर्मचारी र वडाध्यक्षहरूले स्वागत गरेका छन्। बुढा यसअघि प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशमा थिए।
नगरपालिकामा हाजिर भएपछि बुढाले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहज रूपमा प्रदान गर्ने बताएका छन्। उनले जनतालाई महसुस हुने गरी सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
सर्वसाधारणको सेवा प्रवाहमा कुनै झन्झट र समस्या नआउने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै बुढाले सबै पक्षलाई एकजुट बनाएर अगाडि बढ्ने बताए।
नगरलाई सुखी, समृद्ध र विकसित बनाउने उद्देश्यका साथ जिम्मेवारी सम्हालेको बताउँदै बुढाले आफ्ना हरेक काममा जनप्रतिनिधिहरूलाई सहयोग गर्न आग्रह गरे।
जनप्रतिनिधिको साथ र सहयोगबिना कुनै पनि काम असम्भव हुने धारणा राख्दै उनले जनप्रतिनिधिको साथ पाए कुनै पनि काम असम्भव नहुने बताए। उनको भाद्र १२ गते सरुवा भएको थियो।
प्रकाशित: ३१ आश्विन २०८२ १२:१८ शुक्रबार